विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट


४ जेष्ठ २०७८, मंगलबार


विराटनगर । विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

सोमबार राति आकस्मिक कक्षमा भर्ना भएका बिरामीको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड–१९ फोकल पर्शन सुनील देवले जानकारी दिए । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै उक्त समूहले कुटपिट गरेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस