काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस