पर्सामा स्वास्थ्यकर्मीसहित ६६ कर्मचारी माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पर्सामा स्वास्थ्यकर्मीसहित ६६ कर्मचारी माग


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पताल विकास समितिले स्वास्थ्यकर्मीसहित ६६ जना कर्मचारीको माग गरेको छ ।

स्वास्थ्य कार्यालय पर्साले सोमबार सूचना जारी गर्दै नारायणी अस्पतालका लागि १९ र पोखरिया अस्पतालका लागि १३ जना गरी ३२ कर्मचारीको माग गरेको छ ।

यसैगरी अस्पताल विकास समितिले मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स २० जना र अक्सिजन सिलिण्डर पोर्टर ९ जना माग गरेको छ।

नारायणी अस्पतालका लागि कन्सल्टेन्ट एनेस्थेसिया १ जना, मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स र पारामेडिक्स ८ जना, एनेस्थिेसिया असिस्टेन्ट १ जना, ल्याब टेक्नोलोजिष्ट र ल्याब असिस्टेन्ट १/१ जना र स्वीपर २ जना माग गरिएको छ ।

यस्तै, पोखरिया अस्पतालका लागि मेडिकल अधिकृत डाक्टर २ जना, स्टाफ नर्स ६ जना, रेडियोग्राफर, एनेस्थेसिया असिस्टेन्ट, ल्याब असिस्टेन्ट १/१ जना र स्वीपर २ जना माग गरेको छ ।

चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने कार्यविधि २०७६ को अधीनमा रही कोभिड बिरामीको उपचारका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीको माग गरिएको अस्पताल विकास समितिले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

कोभिड–१९ सङ्क्रमितको उपचार तथा पीसीआर ल्याबमा काम गरेको अनुभवीलाई प्राथमिकता दिने गरी ३ महिनाको करार सेवाका लागि कर्मचारी माग गरिएको हो ।

तीन दिन भित्र आवेदन दिइसक्ने सूचनामा भनिएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस