घाँटी रेटेर दुई बालकको हत्या « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

घाँटी रेटेर दुई बालकको हत्या


४ जेष्ठ २०७८, मंगलबार


हत्या

वीरगञ्‍ज । बाराको कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।

कलैया उपमहानगरपालिका–७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको हो ।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस