स्वास्थ्य सङ्कटकालबारे मन्त्रिपरिषदमा छलफल  « प्रशासन
prasaLogo
३ जेष्ठ २०७८, सोमबार

स्वास्थ्य सङ्कटकालबारे मन्त्रिपरिषदमा छलफल 


प्रकाशित मिति : 17 May, 2021 8:36 pm

काठमाडौँ । कोभिड-१९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य सङ्कटकाल प्रस्तावमाथि मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य सङ्कटकाल, सङ्क्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य प्रणाली, खोप र स्वास्थ्य सामग्री खरिद, एक द्वार प्रणालीबाट सूचना सङ्कलन, प्रवाह र कार्यान्वयनमा केन्द्रित छलफल भएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार स्वास्थ्य सङ्कटकाल अर्थात् आपतकाल र सङ्क्रामक रोग ऐन संशोधनका विषयमा स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयलाई थप गृहकार्य गर्न भनिएको छ ।

मन्त्रिपरिषद्ले ऐन संशोधनका लागि यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको थियो। एक अर्का मन्त्रीका अनुसार बैठकमा द्रुत रूपमा सेना परिचालन सम्बन्धी पनि छलफल भएको थियो। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी)को आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको एकीकृत स्वास्थ्य प्रणाली अवलम्बनका लागि प्रस्ताव अगाडि बढाउन निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस