जबर्जस्ती करणी गरेको आरोपमा गाउँपालिका प्रमुख यादव पुर्पक्षका लागि थुनामा « प्रशासन
prasaLogo
३ जेष्ठ २०७८, सोमबार

जबर्जस्ती करणी गरेको आरोपमा गाउँपालिका प्रमुख यादव पुर्पक्षका लागि थुनामा


प्रकाशित मिति : 17 May, 2021 8:37 pm

इनरुवा । एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।

जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस