निषेधाज्ञाको पूर्ण पालना भएको छ -प्रजिअ पराजुली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निषेधाज्ञाको पूर्ण पालना भएको छ -प्रजिअ पराजुली


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन् ।

सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकजाँचलाई पनि कडाइ बनाइएको बताएका हुन् ।अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन नचलेको उनको दाबी छ ।

निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि नियमित रूपमा अनुगमन गरिरहेको अत्यावश्यक गाडी बाहेक अरू कुनै पनि चलेको अवस्था नभएको प्रजिअ पराजुलीको भनाई छ ।

पराजुलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी रूपमा कार्यसम्पादन भएको पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस