निषेधाज्ञा कडा गर्न उपत्यकालगायतका २० जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निषेधाज्ञा कडा गर्न उपत्यकालगायतका २० जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ। स्वास्थ्य मन्त्रालयले जारी निषेधाज्ञालाई उल्लङ्घन गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा निषेधाज्ञाको समयमा पनि सर्वसाधारणको हिँडडुलमा ५९ प्रतिशत मात्र कमी आएको जनाएको छ । मन्त्रालयले निषेधाज्ञामा आफ्नो भूमिका बढाउन सङ्क्रमण बढी भएका जिल्लाहरूलाई आग्रह गरेको छ ।

काठमाडौँ, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलान्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लामा सङ्क्रमण बढे पनि निषेधाज्ञाको सही पालना नभएको जनाइएको छ ।

सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन पनि मन्त्रालयले सबै पक्षलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस