बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदननका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस