श्रेष्ठ स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री लिएर गृहजिल्ला गए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

श्रेष्ठ स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री लिएर गृहजिल्ला गए


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरु लिएर गृहजिल्ला गोरखा गएका छन् ।

जिल्लाको विभिन्न स्थानमा संक्रमण बढेको र हटस्पट बन्दै गरेकाले श्रेष्ठले स्वास्थ्यकर्मीहरु लिएर जान लागेका हुन् ।

श्रेष्ठसँगै दुई चिकित्सक, दुई जना ल्याबका कर्मचारी र एक स्वास्थ्यकर्मी रहेका छन् । टोलीले लक्षण देखिएका शंकास्पद विरामीहरुको एन्टीजेन टेष्ट गर्नेछन् ।

श्रेष्ठले स्थानीय स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस