मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण


३ जेष्ठ २०७८, सोमबार


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

अहिले होम आइसोलेसनमै उनको उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस