बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्बियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्बियो


प्रशासन संवाददाता

३ जेष्ठ २०७८, सोमबार


रूपन्देही । कोरोना भाइरस संक्रमणको माहामारीबाट प्रभावित जिल्ला बाँकेमा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ ।

डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १० गतेसम्म कायम हुने गरी निषेधाज्ञा थप गरेका छन् ।

बैशाख १३ गतेबाट जारी निषेधाज्ञामा कोरोना संक्रमित थपिने क्रम नरोकिएकाले निषेधाज्ञा निरन्तरता गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जारी सूचनामा जनाइएको छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिले निको हुने दर बढेपनि संक्रमण हुनेको संख्यामा कमी आएको छैन ।

कोरोना नियन्त्रणकालागि जारी निषेधाज्ञा प्रभावकारी बनाउन थप एक साता बन्दाबन्दीलाइ निरन्तरता दिने सुचनामा उललेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस