कर्णाली सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्णाली सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने


३ जेष्ठ २०७८, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो ।

प्रदेशका डोल्पा, मुगु र हुम्लाका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको छ । जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइने भएको छ ।

उद्धारका लागि सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्ने जनाएको छ । सरकारले संक्रमित बिरामीको उद्धारका लागि एक करोड बजेट समेत छुट्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस