७४ जिल्लामा निषेधाज्ञा जारी, ३ जिल्ला मात्र खुला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७४ जिल्लामा निषेधाज्ञा जारी, ३ जिल्ला मात्र खुला


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा मात्र निषेधाज्ञा लागु गरिएको छैन् ।

संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका हुन् । हाल
मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको लागु गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस