कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सिफारिस


३ जेष्ठ २०७८, सोमबार


कैलाली । जिल्ला कोभिड-१९ संकट व्यवस्था समितिले कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आज (सोमबार) बसेको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउन सिफारिस गरेको हो । कोरोना भाइरस संक्रमितको संख्यामा कुनैपनि कमि नआएको र जोखिम कायम नै रहेको भन्दै जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन वैशाख २८ गते जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो

Tags :
प्रतिक्रिया दिनुहोस