सरकारले आवश्यकताअनुसार खोप ल्याउन सकेन: सभापति देउवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले आवश्यकताअनुसार खोप ल्याउन सकेन: सभापति देउवा


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकका लागि कोरोनाविरूद्ध खोप लगाउन सरकारलाई दवाव दिने बताएका छन्।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्र र प्रदेश तथा स्थानीय सरकारलाई घच्घच्याउने र आफूले पनि सहयोग गर्नुपर्ने देउवाले बताए ।

कोरोना अनुगमन समितिले आज गण्डकी प्रदेशस्तरमा गरेको भर्चुअल अन्तर्क्रियामा देउवाले सरकारले आवश्यकताअनुसार खोप ल्याउन नसकेको समेत बताए।

सबै नागरिकलाई कोरोनाविरूद्ध खोप दिलाउन सरकारलाई बाध्य बनाउनुपर्ने पनि देउवाको भनाइ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस