नेपालमा अड्किएर बसेका भारतीय नागरिकलाई साउदी अरेविया लैजान १० उडान अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालमा अड्किएर बसेका भारतीय नागरिकलाई साउदी अरेविया लैजान १० उडान अनुमति


३ जेष्ठ २०७८, सोमबार


नेपाल नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेविया लैजान नेपाल सरकारले १० वटा उडानको अनुमति दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको समन्वय र साउदी सरकारको समेत अनुमतिपछि उक्त उडानहरु स्वीकृत गरिएका हुन् । काठमाडौँबाट नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ उडान गर्न सक्ने गरि अनुमति दिइएको छ ।

नेपाली दुई अन्तराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरले १८ मेबाट भारतीय नागरिकलाई साउदी लैजान थाल्नेछन् । भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरि टिकट काट्न सक्छन् । काठटमाडौँमा निषेधाज्ञा अगाडी आएर यतै अड्किएका भारतीयका लागि यो सुविधा दिइएको हो ।

अहिले नेपालमा ट्रान्जिट बनाई विदेश जान बन्द गरिएको छ । नेपालमा अन्तराष्ट्रिय उडान १७ जेठसम्म बन्द भएसँगै विदेशी नागरिकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासले पहल शुरु गरेको हो ।

हिमालयले दमामका लागि तीन वटै उडान भोली गर्ने तालीका रहेको छ । यो रुटमा प्रतिव्यक्ति ८२० डलर भाडा तोकिएको छ । सोही सिलसिलामा आज अमेरिकी नागरिक लैजान टर्किस एयरलाइन्स काठमाडौँ आउँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस