प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता


३ जेष्ठ २०७८, सोमबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथविरुद्ध सर्वोच्च अदालतमा चारवटा रिट परेका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

राष्ट्रपतिले वाचन गराएको सपथ भन्दा प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरिएको हो ।

उक्त रिटमा शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस