बिना संकेत मोडेको मन्त्रीको झण्डावाल गाडिमा ठोक्किँदा उपसचिवको गाडी कच्याक्कै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बिना संकेत मोडेको मन्त्रीको झण्डावाल गाडिमा ठोक्किँदा उपसचिवको गाडी कच्याक्कै


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । सिँहदरवारको गेटैमा मन्त्रीको गाडीले बिना संकेत वीचबाट देब्रे मोडेर सिँहदरवार मूल गेटबाट छिर्न खोज्दा पछाडिबाट आउँदै गरेको उपसचिवको गाडी ठोक्किई क्षति पुगेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय(रामशाहपथ) अगाडि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ सवार को १ झ ६९९ नम्बरको गाडी र नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ १९६१ नम्बरको गाडी ठोक्किँदा सानो गाडीमा अगाडिको बम्पर क्षतिग्रस्त भएको हो । मन्त्री सवार गाडीले ट्राफिक नियम मिचेर गाडी चलाई सिँहदरवार छिर्न खोज्दा उपसचिव सवार गाडी ठोक्किन पुगी क्षति भएको हो ।

अहिले ट्राफिकले दुबै गाडीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस