माओवादी केन्द्र नयाँ ढङ्गले अगाडी बढाउन प्रचण्डद्वारा सुझाव माग « प्रशासन
prasaLogo
३ जेष्ठ २०७८, सोमबार

माओवादी केन्द्र नयाँ ढङ्गले अगाडी बढाउन प्रचण्डद्वारा सुझाव माग


प्रकाशित मिति : 17 May, 2021 7:31 am

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ ढङ्गले अगाडी बढाउन सुझाव माग गरेका छन् । आइतबार फेसबुक पेजमार्फत आगामी दिनमा पार्टीको राजनीतिक एव‌ सङ्गठनात्मक संरचनालाई नयाँ ढङ्गले अघि बढाउनेबारे उचित राय सल्लाह माग गरेका हुन् ।

पार्टी पुनर्संरचनाको सङ्केत गर्दै अध्यक्ष प्रचण्डले आफ्नो राय सुझाव लेखि इमेलमार्फत पठाउन आग्रह गरेका छन् ।

‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, सङ्गठनात्मक संरचना, घाइते अपाङ्ग एवं शहिद परिवारलगायत नेता कार्यकर्ता आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढङ्गले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’

उनले माओवादी केन्द्र कस्तो बनाउने ? भन्ने बारेमा सुझाव दिनको लागि [email protected] मा आफ्नो धारणा पठाउन सकिने जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस