चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने


प्रशासन संवाददाता

२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ ।

फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड र अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउन्डेसनले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा एकरएक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने पनि फाउन्डेसनले बताएको छ ।

फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, सेनिटाइजर, मास्क उपलब्ध गराएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस