डिजल र पेट्रोलको मुल्य बृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डिजल र पेट्रोलको मुल्य बृद्धि


प्रशासन संवाददाता

२ जेष्ठ २०७८, आइतबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

बृद्धि भएको मुल्य आज(आइतबार) राति १२ बजेपछि लागु हुनेछ ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस