संघीय संसद सचिवालयको दोस्रो चरणको खोप स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संघीय संसद सचिवालयको दोस्रो चरणको खोप स्थगित


२ जेष्ठ २०७८, आइतबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद सचिवालयले दोस्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ ।

संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरिएकाे हो ।

खोप कार्यक्रम स्थगित हुँदा संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोस्रो डोज खोप लगाउनबाट बञ्चित भएका हुन् ।

संसद सचिवालयले निजामती अस्पालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकारलगायतका लागि दोस्रो डोज खोप लगाउने कार्यक्रम राखेको थियाे।

Tags :
प्रतिक्रिया दिनुहोस