अक्सिजन आपूर्ति प्रभावकारी बनाउन आयात र अनुगमनमा तीव्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अक्सिजन आपूर्ति प्रभावकारी बनाउन आयात र अनुगमनमा तीव्रता


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । सरकारले अक्सिजनको उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन आयात तथा अनुगमनमा तीव्रता दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार देशभरका सम्बद्ध क्षेत्रमा एक सय २६ वटा ठाउँमा अनुगमन गरेको छ भने विभिन्न देशहरूबाट आयातमासमेत तीव्रता दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार नेपाल वायुसेवा निगमले ओमनबाट जम्मा ५६० थान अक्सिजन सिलिन्डर लिएर आएको छ भने चीनबाट प्राप्त हुने मध्ये एक हजार ६ सय अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको कार्गो उडान मे १५ देखि मे १८ तारिकसम्म नियमित जाने–आउने भइरहेको छ ।

त्यसै गरी उद्योग लगायत अन्य क्षेत्रमा प्रयोगमा रहेको एक हजार दुई सय ९२ वटा अक्सिजन सिलिन्डरहरू मेडिकल प्रयोजनको लागि फिर्ता भएको प्रवक्ता शर्माले जनाएका छन् ।

उपत्यका भित्रका १० वटा उद्योग र उपत्यका बाहिर १९ वटा उद्योगमा ठुलो ७२ हजार दुई सय ५० र सानो ३९ हजार एक सय १४ गरी जम्मा एक लाख ११ हजार तीन सय ६४ सिलिन्डर रहेको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस