मेयर कल्याणकारी कोषका लागि १० लाख सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेयर कल्याणकारी कोषका लागि १० लाख सहयोग


२ जेष्ठ २०७८, आइतबार


कैलाली । नेपाली काँग्रेसकी नेत्री डा. आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि १० लाख आर्थिक सहयोग गरेकी छन् ।

अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा नेत्री देउवाले उक्त रकम सहयोग गरेकी हुन् ।

गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि कोष स्थापना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस