कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ३१ करोडको सहमति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ३१ करोडको सहमति


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस