उपत्यकामा २,६०९ जना संक्रमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा २,६०९ जना संक्रमित


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २,६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १,८८१, ललितपुरमा ४,३६ र भक्तपुरमा २,९२ जनामा संक्रमण पुष्टि भएको हो ।

१९,५३९ पीसीआर परीक्षणमा ७,३१६ र ३,४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ रहेको छ । जसमध्ये ७,८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस