काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने शिक्षा विभागकाे निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने शिक्षा विभागकाे निर्देशन


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने जानकारी दिएको छ ।

महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन महानगरको शिक्षा विभागले निर्देशन दिएको छ ।

अनलाइनरअफलाइनरटेलिफोनरइमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले जानकारी गराएको छ ।

जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्नसमेत महानगरले आग्रह गरेको छ ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आज सूचना जारी गर्दै कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा यथाशीघ्र सूचना गरिने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस