५४ अंकले बढ्यो नेप्से « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५४ अंकले बढ्यो नेप्से


२ जेष्ठ २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । सेयर बजार नेप्सेमा आइतबार उच्च वृद्धि भएको छ । साताको पहिलो दिननै कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ । आज नेप्से ५४.२६ अंकले बढेको हाे ।

आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख भएको छ, भने बजार २७३८.३५ अंकमा पुगेको छ ।

आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको देखिएको छ ।

आइतबार सबैजसो परिसूचक हरियाली देखिएका छन् । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढेको छ । त्यसपछि क्रमशः विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ ।

यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस