प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु « प्रशासन
prasaLogo
२ जेष्ठ २०७८, आईतवार

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु


प्रकाशित मिति : 16 May, 2021 2:12 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता सुरु भएको हो ।

शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको थियो । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।

उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्यहरु ओली र नेपालले टुंगो लगाउँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस