‘भेन्टिलेटर, एचडियू र आइसियूका श्यया चाहिए बिएण्डसी आउनु’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘भेन्टिलेटर, एचडियू र आइसियूका श्यया चाहिए बिएण्डसी आउनु’


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितको मृत्युदर अत्यन्त न्यून रहेको दाबि गरिएको छ ।

अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलाली लगायतका जिल्लाका सङ्क्रमित उपचाररत् छन् । महङ्गो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौँसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको चरम अभाव हुन थालेपछि सङ्क्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ ।

अहिले भर्ना भएका सङ्क्रमित बिरामीको स्वास्थ्यअवस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ । शनिबार मात्र जनता बैँकका पूर्व अध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनका पत्नी पवित्रा रायमाझी ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च र जटिल सङ्क्रमितको मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ‘अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि अति आवश्यक पर्ने भेन्टिलेटर, एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव छैन । बिरामीको जीवन बचाउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ ।’ अस्पतालले सङ्क्रमितलाई उपचार गर्न हाल २०० श्यया सञ्चालनमा ल्याएको छ । ‘हवाई लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।

अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ । ‘महामारीसँग जुध्न ‘र्यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक पर्यो भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ ।’ कार्यकारी निर्देशक प्रसाईँले भने ।

विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरको अस्पतालले जनाएको छ ।

स्वास्थ्य सङ्कटकाल घोषणा गर्न माग
विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले स्वास्थ्य स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । उनले यसका साथै बिदामा रहेका र सरकारी सेवाबाट अवकाश लिएका चिकित्सक अन्य स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा जुट्न आह्वान गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘देशव्यापि स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन । महामारी नियन्त्रणमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो ।’

कार्यकारी निर्देशक प्रसाईँले सङ्क्रमितका उपचारमा बिएण्डसीले आफ्नो उपलब्ध स्रोत साधनले भ्याएसम्म उच्च प्राथमिताका साथ भगीरथ प्रयास गरिरहेको र राज्यलाई आवश्यक परेमा अस्पताल नै प्रदान गर्ने अ तयार रहेको विज्ञप्तिमा जनाएका छन् । उनले भनेका छन् ,‘विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो, यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन, आफूसँग भएका स्रोत र साधन प्रदान गर्न तयार छु ।’ अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० सङ्ख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ आउनुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईँले भने ‘हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पठनपाठन गराउने क्षमतामा राख्छौँ । भविष्यमा विशिष्टिकृत अध्ययन एमडी÷एमएससमेत अध्यापन गराउन सक्छौँ । हामी तयारीमा जुटिरहेका छौँ ।’ ती अध्यापनका लागि कलेज सम्बन्धन पखाइमा छ । स्वीकृति पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा वार्षिक राजश्व पाउने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस