मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त « प्रशासन
prasaLogo
२ जेष्ठ २०७८, आईतवार

मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त


प्रकाशित मिति : 16 May, 2021 6:55 am

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो ।

अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस