ह्याकरलाई फिरौती बुझाएपछि पुनः सञ्चालनमा आयो अमेरिकाको सबैभन्दा ठुलो पाइपलाइन कोलोनियल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ह्याकरलाई फिरौती बुझाएपछि पुनः सञ्चालनमा आयो अमेरिकाको सबैभन्दा ठुलो पाइपलाइन कोलोनियल


१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । ह्याकरले माग गरेको बुझाएपछि अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठुलो पाइपलाइन प्रणालीको रूपमा रहेको कोलोनियल पाइपलाइन पुनः सञ्चालनमा आएको छ।

कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्क साइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सञ्चालनमा आएको हो।

बीबीसीका अनुसार कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण भएपछि पाँच दिनसम्म प्रणाली बन्द हुँदा अमेरिकाका विभिन्न ठाउँमा डिजेल, पेट्रोल तथा हवाई इन्धनको आपूर्ति प्रभावित भएको थियो।

कोलोनियल पाइपलाइन अमेरिकामा प्रशोधित पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठुलो पाइपलाइन प्रणाली हो।

यो पाइपलाइन ८ हजार ९ सय किलोमिटर लामो छ र यसले आम रूपमा पूर्वी तटीय क्षेत्रमा हरेक दिन २५ लाख ब्यारेल तेल आपूर्ति गर्दछ।

Tags :
प्रतिक्रिया दिनुहोस