२४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु


प्रशासन संवाददाता

१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ।

यस्तै सोही अवधिमा १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाकोरोना संक्णमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ।

अहिले देशभर एक लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन्।

आज शनिबार हिजो (शुक्रबार) तुलनामा कोरोना संक्रमण र मृतकको संख्यामा केही कमि आएको छ । शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस