जुम्लामा थप १० दिन निषेधाज्ञा, स्वास्थ्यबाहेकका सबै सेवा बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जुम्लामा थप १० दिन निषेधाज्ञा, स्वास्थ्यबाहेकका सबै सेवा बन्द


१ जेष्ठ २०७८, शनिबार


जुम्ला । जुम्लामा थप १० दिनका लागि निषेधाज्ञा लागू भएको छ ।

शुक्रवार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारिस गरेपछि दोस्रो चरणको निषेधाज्ञा सुरु भएको हो ।

यसअघि वैशाख २३ गतेदेखि ३१ गते सम्म निषेधाज्ञा गरिएको थियो । दोस्रो पटकको निषेधाज्ञा शनिवार दिउँसो १२ बजेदेखि लागु हुने गरी जेठ ११ गते सम्मका लागि गरिएको हो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण फैलन नदिनको लागि निषेधाज्ञा बाहेकको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

दिउँसो १२ बजे देखि सदरमुकाम खलङ्गा र ग्रामीण बजारमा रहेका मेडिकल सेवा बाहेक सबै सेवा ठप्प गरिएको छ । सडकमा सवारीसाधन चलेका छैनन् । अति जरुरी यात्रा गर्नु पर्ने सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले पासको व्यवस्था गरेको छ । प्रशासन कार्यालयबाट पास लिइएका सवारीसाधन मात्र चल्न पाउने भएका छन् ।

निषेधाज्ञा अवधि भर सञ्चालन हुने सरकारी तथा निजी सवारी साधनले अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्नु पर्ने उनले बताए । कोभिड–१९ को तीव्र सङ्क्रमण बढेको र जनसमुदायको लापरबाही बढेकोले निषेधाज्ञा जारी गर्नु परेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस