गण्डकीमा थप १४ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गण्डकीमा थप १४ जना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१ जेष्ठ २०७८, शनिबार


पर्वत । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ। यो सँगै प्रदेशमा कोरोना सङ्क्रमित मृत्युको सङ्ख्या ३५५ पुगेको छ।

मृत्यु भएकाहरूमा कास्कीका छ जना, पर्वतका तीन जना, स्याङ्जाका दुई जना, म्याग्दी, तनहुँ र गोरखाका एकरएक जना रहेका छन्। मृत्यु भएकामध्ये १२ जनाको पोखरामै उपचारका क्रममा, एक जनाको गोरखामा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो।

मृत्यु हुनेमा २२ देखि ७८ वर्ष उमेरका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा मृत्युको पुष्टि गरिएको छ।

विज्ञप्तिमा म्याग्दीको बेनी नगरपालिका–५ की ४५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, तनहुँको भिमाद नगरपालिका–५ की २२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पर्वतको जलजला गाउँपालिका–४ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का ७० वर्षीय पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै मृत्यु भएको छ।

यस्तै कास्कीको पोखरा महानगरपालिका(२ का ३९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा, पर्वतको कुस्मा नगरपालिका–१२ की ५२ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा, कास्कीको पोखरा महानगरपालिका–१४ का ५२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ।

उपचारकै क्रममा गोरखाको सहिद लखन गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको गोरखा अस्पतालमा, कास्कीको पोखरा महानगरपालिका–१४ का ४९ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा र स्याङ्जाको वालिङ नगरपालिका–६ का ७८ वर्षीय पुरुषको पनि गण्डक मेडिकल कलेज पोखरामा नै मृत्यु भएको छ।

कास्कीको पोखरा महानगरपालिका-१४ का ४५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा, पर्वतको फलेवास नगरपालिका–५ की ३२ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा, कास्कीको पोखरा महानगरपालिका–८ का ४२ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा र वडा नं। ३० का ५३ वर्षीय पुरुषको होम आइसोलेसनमा रहेको बेलामा मृत्यु भएको निर्देशनालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस