चन्द्रागिरी नगरपालिकामा आजदेखि एक साता लकडाउन, पैदलयात्रुलाई हिँडडुलमा पुर्ण प्रतिबन्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरी नगरपालिकामा आजदेखि एक साता लकडाउन, पैदलयात्रुलाई हिँडडुलमा पुर्ण प्रतिबन्ध


१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एक साता अवधिभरका लागि नगरपालिका सिल (लकडाउन) गरेको छ ।

आज (शनिबार) देखि लागु हुने गरि जेठ ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म पैदलयात्रु तथा सर्वसाधरणलाई हिँडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संस्थाहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्णरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस