७५ हजार कर्मचारी भर्ना गर्दै अमेजन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

७५ हजार कर्मचारी भर्ना गर्दै अमेजन


एजेन्सी

१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । नयाँ भर्ना हुने कर्मचारीहरुले कोभिड १९ को पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १ सय डलर भत्ता पाउने पनि कम्पनीले घोषणा गरेको छ ।

अमेरिकाका उपभोग्य सामानका प्रमुख बिक्रेताहरुले आफ्ना कर्मचारीहरुलाई कोभिड १९ को खोप लगाउन प्रोत्साहन स्वरुप बोनस लगायतका प्रोत्साहन रकम दिन थालेका छन् । यसो गर्नेमा डलर जनरल, क्रोगर तथा टार्गेट लगायतका रिटेलर्स छन् ।

महामारीका बेला लागू भएका विभिन्न खाले बन्देजका बेला इ कमर्श क्षेत्र फस्टाएको छ र रेष्टुरेन्ट, कारखाना तथा रेटल स्टोरहरुका साथै गोदामकेन्द्रहरुमा समेत घण्टाबारी ज्यालादारी कामदारको माग उच्च बनेको छ । अमेजनले आफ्नो अमेरिकास्थित गोदाम केन्द्रहरुमा काम गर्नका लागि नयाँ भर्ना गर्ने कर्मचारीहरुलाई प्रतिघण्टा १७ डलर ज्याला भुक्तान गर्नेछ ।

साथै नयाँ भर्ना हुने कर्मचारीहरुलाई सुरुवातमै १ हजार डलर बोनस प्रदान गरिनेछ भने कोरोना खोप लगाएको प्रमाण पेश गर्नेले १ सय डलर थप पाउनेछन् । रोयटर्स

Tags :
प्रतिक्रिया दिनुहोस