चीनतर्फबाट सगरमाथा आरोहणमा रोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनतर्फबाट सगरमाथा आरोहणमा रोक


१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । चीनको तिब्बततर्फबाट सगरमाथा आरोहणमा रोक लगाइएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा अस्थायी रोक लगाएको हो ।

चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको छ । चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जसमध्ये सबै चिनियाँ नागरिक थिए । नेपालले यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको थियो ।

गत वर्ष पनि महामारीका कारण दुवै देशले सगरमाथा आरोहणका लागि अनुमति दिएका थिएनन् । यो महिना सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

यसअघि चीनले सगरमाथाको चुचुरोमा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेकालाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिने योजनासमेत बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस