राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित


१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ। कोरोना सङ्क्रमणका कारण राप्रपाका तीनै जना अध्यक्षसहित आज बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ।

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि पार्टीले जनाएको छ।

बैठकले कोरोना भाइरस सङ्क्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ।

सङ्क्रमित बिरामीका लागि अस्पतालहरूमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कूटनैतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ।

नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस