नेपाललाई आपतकालिन सहयोगको जरुरी–डब्लुएचओ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाललाई आपतकालिन सहयोगको जरुरी–डब्लुएचओ


१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

उनले नेपालसहितका देशहरू सङ्क्रमणसँग जुध्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, ‘डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस