निजामती कर्मचारी अस्पताल १५० बेडको कोभिड अस्पतालमा रूपान्तरण « प्रशासन
prasaLogo
१ जेष्ठ २०७८, शनिबार

निजामती कर्मचारी अस्पताल १५० बेडको कोभिड अस्पतालमा रूपान्तरण


प्रकाशित मिति : 15 May, 2021 11:01 am

काठमाडौँ। सिभिल अस्पताल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण हुने भएको छ । शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले गर्ने भएको छ ।

१५० शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक(औषधि, उपकरण, भवन आदि) जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ । साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकोरी निर्देशक डा. विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता शुक्रबारदेखि नै लागु भएको अस्पतालले जनाएको छ ।

सम्झौता पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस