६०० थान सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

६०० थान सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान


१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो ।

आज बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ । शनिबार साँझ नै चीनको बेईजिङमाको लागि पनि उडान भर्ने छ ।

बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले एयरलाइन्सले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी गरेको छ ।

जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस