जेठ १३ गतेसम्म थपियो चितवनमा निषेधाज्ञा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जेठ १३ गतेसम्म थपियो चितवनमा निषेधाज्ञा


३१ बैशाख २०७८, शुक्रबार


चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय जेठ १३ गतेसम्म लम्ब्याएको छ ।

यसअघि प्रशासनले वैशाख १५ गतेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । लामो तथा छोटो दूरीका गाडीहरु र निजी गाडी जेठ १३ गतेसम्म चलाउन रोक लगाइएको छ ।

पहिलेको भन्दा पसल सञ्चालनमा केही खुकुलो गरिएको छ । खाद्य सामग्री, तरकारी, फलफूल, दूध डेरी, ग्यास पसल, पेट्रोल पम्पहरु हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । यी बाहेकका अत्यावश्यक व्यवसायका पसलहरु हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने प्रशासनले जनाएको छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, इन्टरनेट सेवा, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, खाद्यान्न, दुग्ध पदार्थ, औषधि, पशुपन्छीको दाना, माछा, मासु, अण्डा, पानी सम्बन्धी सेवाहरु पनि सञ्चालनलाई भने यथावत नै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा अवधिमा वाणिज्य बैंकहरु सातामा तीन दिन मात्रै खोल्न दिने निर्णय गरेको छ । स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरि वाणिज्य बैंकहरुले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा दिन पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस