कोरोनासँग सामना गर्ने बजेट आउँछ: अर्थमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनासँग सामना गर्ने बजेट आउँछ: अर्थमन्त्री


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ ।पुन: नियुक्त भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनालाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशील बनाउने संकल्पकासाथ बजेट ल्याउने बताएका हुन् ।

पौडेलले कोरोनालाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोरोना विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताएका छन् । पौडेलले कोरोना संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदभार गरेसँगै पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई समेत स्वीकृत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस