सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस्: गृहमन्त्री थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस्: गृहमन्त्री थापा


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्री पदको सपथग्रहणपछि आज गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न अनुरोध गरे ।

‘निषेधाज्ञाको मौका छोपी हुनसक्ने कालोबजारी नियन्त्रणमा सचेत हुनुहोस्, मन्त्रालयबाट पूर्ण सहयोग रहने छ’, पद बहालीका क्रममा गृहमन्त्री थापाले भने, ‘सबै मिलेर सङ्कट मोचन गर्नुपर्छ ।’

उनले मातहतका निकाय तथा कर्मचारीबाट विगतमा जस्तै सहयोगको अपेक्षा रहेकोसमेत बताए । गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्दै निषेधाज्ञाको आदेश पालना गराउन र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायलाई समेत निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस