२४ घण्टामा ८,५२० जनामा संक्रमण, २०३ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा ८,५२० जनामा संक्रमण, २०३ जनाको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,१४७८ नमुना परीक्षणमा ८,५२० जनामा संक्रमण पुष्टि भएको छ । याेसँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६,१३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३,२७६५३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १,७३३६ पुगेको छ भने, क्वारेन्टाइनमा ५१६ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस