संविधानले बाँच्न पाउँछ कि पाउँदैन: नेता पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधानले बाँच्न पाउँछ कि पाउँदैन: नेता पौडेल


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संसय उब्जाएको उनको भनाई छ ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले मुलुकको राजनीति रहश्यमय बाटो अघि बढेको र सयौ संसयहरु उब्जाएको बताएका हुन् ।

पौडेलले अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी नै रहेको दाबी गरे । उनले भने, ‘झन रहस्यमय बाटो तिर जादै छ । धेरै संसयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन ।’

‘संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ,’ नेता पौडेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस