शपथ लिए प्रधानमन्त्री ओलीले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शपथ लिए प्रधानमन्त्री ओलीले


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आज नै सिंहदरबार गएर पदभार ग्रहण गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस