पुरानै मन्त्रीहरू दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुरानै मन्त्रीहरू दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरूलाई दोहोर्‍याउने तयारी गरेका छन् ।

बिहीबार पुनः स्थापित भएका प्रधानमन्त्रीले शुक्रवार साढे दुई बजे शपथ लिएसँगै मन्त्रीहरूको शपथ हुनेछ । तत्काललाई पुरानै मन्त्रीहरूलाई पुनः शपथ गराउने र त्यसपछि माधव नेपाल र जसपाका नेताहरूसँग कुरा गरेर फेरि मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको एक नेताको भनाई छ ।

ओलीले मन्त्रिपरिषद् गठन गर्दा नेता माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी(जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहका सांसदलाई पनि समेट्ने तयारी गरेका स्रोतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस